नेकपा कालिकोटका कार्यकर्ता किर्ते धन्दामा, जिल्ला पार्टी मुकदर्शक


२१ भदौ, सुर्खेत । किर्ते कागजात गरि लाखौ रकम हिनामिना गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोट जिल्ला सचिवालय सदस्य कृष्णकला शाही (विनिता) लाई पार्टीले कारवाहीको कुनै चासो देखाएको छैन् ।

शाहीले महावै गाउँपालिका कालिकोटको लेटरप्याड, छाप तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरेर अग्रिम कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. महावै–२ का नाममा लाखौं रकम जिल्ला कृषि विकास कार्यालयबाट झिक्नुभएको थियो ।

शाहीले जिल्ला कृषि विकास कार्यालय तथा भू–संरक्षण मन्त्रालय अन्तरगतको वनस्पति विभागलाई पेश गरेको गाउँपालिकाको लेटरप्याड, छाप तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर किर्ते गर्नुभएको थियो ।

किर्ते गरेर शाहीले लाखौं रुपैयाँ राज्यको ठगी गरेको भएपनि शक्ति र सत्ताको आडमा कुनै कारवाही नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोट जिल्लाका एक नेताले बताउनुभयो । ‘शक्ति र सत्ताको आडमा लाखौं रुपैयाँ हिनामिना भएको छ ।’ उहाँले भन्नुभयो, ‘राज्यको पैसा यसरी दुरुपयोग हुँदा र सरकारी कामको किर्ते काम गर्दापनि पार्टीको जिल्ला समिति मुकदर्शक भएर कुनै कारवाही गरेको छैन् ।’

किर्ते काम गर्नेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोट जिल्लास्तरका नेताहरुले नै संरक्षण गरेको कारणले कारवाही नभएको जिल्ला स्थानीयहरु बताउँछन् । एक नेता भन्नुहुन्छ ‘सत्तापक्षका नेताले नै संरक्षण गरे कसरी कारवाही हुन्छ ?’ ‘गल्ती गर्नेलाई पार्टीले कारवाही नगर्ने हो भने जनताको अगाडी हामीले नेकपा नेता भनेर मुख देखाउन गाह्रो भयो ।’

सरकारी रकम हिनामिना भएको र सरकारी काजजात किर्ते गरेको बिषय सरकारीवादी मुद्दा हुनेभएकाले त्यस्तो भेटिए तुरुन्तै राज्यले कारवाही गर्नुपर्नेमा सत्ता र शक्तिको चरम दुरुपयोग भएर अहिलेसम्म कारवाही नभएको एक कानुन व्यवसायीहरु बताउँछन् ।

कानुनु व्यवसायीहरुका अनुसार ‘कसैले सरकारी कागजात किर्ते गरेको भए त्यो सरकारीवादी मुद्दा हुन्छ । ‘त्यस्तो गरेको भए सरकारले जतिबेला मुद्दा चलाउन सक्छ । तर, सत्तामा भएको पार्टीको दम्भका कारण २ तिहाई बहुमतको दुरुपयोगले सबै प्रमाण पुग्दा पनि कारवाही नभएको होला ।’

यस्तै प्रवृति बढ्दै गए भोलीका दिनमा अरुले पनि सिको गर्ने र राज्यले नियन्त्रण गर्न नसक्ने अवस्था पुग्ने कानुन व्यवसायीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस

नेकपा जिल्ला कमिटि सचिवालय सदस्य बिनिताको किर्ते धन्दा, कामै नगरि लाखौ रकम श्वाहा ।

समाचार लेखेपछि धम्की आयोः अध्यक्ष सिंह