काठमाडौं- निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सेवा सुविधा रोक्न माग गर्दै सर्चोच्च अदालतमा निवेदन परेको छ। अधिवक्ता ओमप्रकास अर्यालले सिंहको सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै निवेदन दर्ता गराएका हुन्।
निवेदनमा कार्कीले पाईरहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न दिन नहुने गरि आदेश माग गरिएको छ।
कार्कीले मुद्दा विचाराधिन रहेको अवस्थामा उनलाई दिनइसे सेवा सुविधाले न्यायिक प्रक्रिया र न्यायसम्पादन कार्यमा समेत प्रतिकूल प्रभाव पार्न वा प्रमाण लोप गर्न सक्ने बताइएको छ। राज्य शक्तिको दुरुपयोग गरी राष्ट्रकै संवेदनशीलता, गोपनियता भंग गर्ने, कानुन हातमा लिने, देशद्रोही कार्य वा राज्यविरुद्धका अपराधजन्य अन्य कार्यमा संलग्न हुने अवस्था विद्यमान भएको भन्दै सेवा सुविधा रोक्न माग गरिएको छ।



Prawash Kumar Shakya । ५ कार्तिक २०७३, शुक्रबार ११:४१ बजे