जमानी राखेर ऋण दिनुहोसः पौडेल


 

सुर्खेत, २४,कात्तिक जमानी राखेरमा मात्र ऋण दिन सहकारी डिभिजन सुर्खेतका प्रमुख देवी प्रसाद पौडेलले सुझाव दिएका छन । यूएसए आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि,स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम९पहल० अन्तर्गत शुक्रबार वीरेन्द्रगरमा आयोजना गरिएको वित्तिय साक्षरता सम्बन्धि १ दिने समिक्षा गोष्ठीमा उनले यस्तो सुझाव दिएका हुन । साँची राखेर मात्र ऋण दिदाँ असुली गर्दा अप्ठ्यरो हुन्छ, पौडेलले थपे–‘अब जमानी राखेरमा मात्र ऋण दिनहोस ।’ साथै डिभिजन प्रमुख पौडेलले गोष्ठीमा सहभागीहरुलाई सहकारीको नयाँ ऐन, नयाँ संरचनामा सहकारी डिभिजन कार्यालयको काम,कर्तव्यको बारेमा जानकारी दिए ।
राष्टिय सहकारी बैकंकका केन्द्रीय सदस्य हरिहरनाथ योगीले गाउ स्थरतमा संचालित सहकारीहरुलाईको संचालन र उक्त सहकारीहरुलाई बाह्य ऋण भित्राउने प्रक्रियाको बारेमा साथै गाउ स्तरमा संचालित सहकारीहरुको वित्तिय संस्था सम्मको पहुचका बारेमा जानकारी दिए ।
समिक्षा कार्यक्रममा बोल्दै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले विपन्न वर्गहरुलाई पहुँचमा पु¥याउनको लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै गाउँमा स्थापना भएका सहकारीहरुलाई सहकारी अगुवाहरुले व्यवस्थापन गरेर अघि बढाउनुपर्ने बताए । ‘सहकारी मार्फत सानो सानो पुंजीलाई संकलन गरेर ऋण मार्फत कसरी आफ्नो परिवारको आवश्यकता पुरा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ’ उनले भने, ‘त्यसैले विपन्न वर्गहरुलाई पहुँचमा पु¥याउनको लागि यस बैठकले सहयोग पु¥याउने छ ।’ उनले आर्थिक उत्पादन नभएसम्म केही गर्न नसकिने भन्दै विपन्न वर्गहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि सहकारी अगुवाहरु लाग्न जरुरी रहेको बताए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेपप्रकाश भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पहल परियोजनाका कार्यक्रम संयोजक ः सौभर कर्माचार्य लगायत पहल कार्यक्रम लागु भएका लेखपराजुल, नेटा, रजेना, रानिवास, काफलकोट र धारापानी गाविसबाट सहकारीका पदाधिकारी र वित्तिय साक्षरता सहजकर्ताहरुको सहभागी रहेको बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिए ।