
२२ भदौ, सुर्खेत । सर्वोच्च अदालतले विवादास्पद सम्बन्धनको विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)संग लिखित जवाफ मागेको छ ।
सम्बन्धन खारेज गर्न उत्पे्रषणयुक्त परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज लिखित जवाफ मागेको हो ।
अधिवक्ता जगदिश आचार्यले सोमबार सम्बन्धन खारेज गर्न उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
वुधवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई असोज २ गते लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषदले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत गत साउन २९ गते राजधानीका तीन निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।
विवादकै बीच नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले एमयूबाट सम्बन्धन लिन थालेको प्रक्रिया रद्द गर्न एमयूमा पत्र पठाइसकेको छ ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । २२ भाद्र २०७४, बिहीबार ०४:५४ बजे