
सुर्खेत,२९ भदौ । सुर्खेत देखी दैलेख जादै गरेको बा.४. ख. ४२२२ नम्वरको माईक्रोबस दुर्घटना हुँदा १४ जना घाईते भएको छन् । गाडी करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाईते भएका छन् भने ३ जना गम्भिर घाईते भएको जनाईएको छ । उनीहरुलाई उपचारका लागि सुर्खेतमा पठाईएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए
बिहान १० बजे सुर्खेत देखि दैलेखका लागी छुटेको काँक्रेबिहार यातायात व्यवसायी संघको बा.४ ख ४२२२ नम्वरको माईक्रोबस दिउसो करिब १ः३० बजे दैलेख जिल्लाको सियाकोट भन्ने ठाँउमा दूर्घटना भएको हो ।
घाईतेहरुको सुर्खेत स्थित देउती अस्पताल र क्षेत्रिय अस्पतालमा उपचार भई रहेको छ भने समाचार तयार पार्दा सम्म १ जनाको यात्रुको मृत्यु भईसकेको छ । 



Milan Shrestha । २९ भाद्र २०७४, बिहीबार १०:५७ बजे