
काठमाडौं- कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सरकार गठनका लागि संविधानमा रहेका समस्या समाधानका लागि तीन विकल्प दिएका छन्।
संक्रमणकालीन व्यवस्था अनुसार नयाँ सरकार गठनको विषयमा उल्झन रहेको चर्चा चलिरहेको समयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गरेको परामर्शमा काननु व्यवसायीहरुले नयाँ सरकार गठन धारा २ सय ८६ अनुसार हुनसक्ने भन्दै उनीहरुले तीन वटा विकल्प अघि सारेका हुन्।
संविधान संशोधन, बाधा अड्काउ धाराको प्रयोग र संसदबाट विशेष प्रस्ताव पारित गरेर नयाँ सरकार गठनमा जान सकिने सुझाव दिएका हुन्।
‘परामर्शमा सहभागी भएका सबैको धारा २ सय ९८ अनुसार नयाँ सरकार बन्न नसक्नेमा एकमत रह्यो’ नेपाल बारका पूर्व उपाध्यक्ष टिकाराम भट्टराई भने, ‘तर संविधानमा संक्रमणकालभित्र नयाँ सरकार बन्न नक्सने कल्पना नभएको सुझाव दिइएको छ।’
यसरी सुझाव दिने कानुन व्यवयासीहरुमा भट्टराई अतिरिक्त बारका पूर्व अध्यक्ष विश्वकान्त मैनाली, गोबिन्द शर्मा बन्दी, रमेश बडाल, चन्द्रकान्त ज्ञवाली रहेका थिए।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २ श्रावण २०७३, आईतवार १६:०९ बजे