राष्ट्रपतिद्वारा दशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफ


२०७४ असोज १४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले जानकारी दिएका छन् ।

संविधानको धारा २७६ अनुसार सजायँ माफी दिइएको वाग्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साभार : अनलाइन खबर