
पवन जायसवाल
नेपालगन्ज (बाँके) । भेरी साहित्य समाज केन्द्रीय समिति भाषा तथा समालोचना विभागद्वारा एक समालोचना सङ्ग्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समालोचक मीना बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचन तथा परिचर्चा र डा.राजकुमार थारूको थारूसाहित्य र अन्य समालोचना लेक प्रसाद प्याकुरेलको सम्यक दर्शन समालोचना कृतिको क्रमशः लेक प्रसाद प्याकुरेल, ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ र डा. पुष्कर नाथ रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा कवि इन्दिरा गौतमको इन्दु कविता सङ्ग्रहको परिचर्चा समालोचक डा. हरि प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । ई कृतिहरू बाँकेको साहित्य समालोचनामा ऐतिहासिक महत्व राख्ने बताइएको छ ।
प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि नरेन्द्रजङ पिटर, प्राज्ञ महानन्द ढकाल, भेरी साहित्य समाज बाँकेका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले समालोचनाका विविध विषयमा चर्चा गर्नुभयो । चार दर्जन बढी स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रमले बौद्धिक हुँदाहुँदै पनि बिच बिचमा गायक सुन्दर गुरुङ र कविहरूमा प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, अन्सर नेपाली लगायतले आ–आफना गीत, गजल र छन्दकविता वाचन गर्नुभएको थियो ।
भाषा तथा समालोचना विभागका प्रमुख ईश्वरी प्रसाद रिजाल ’उल्कापातले सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण डा.हरि प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने महासचिव गीता अर्यालले स्वागत मन्तव्य गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १७ श्रावण २०८२, शनिबार २०:२१ बजे