बल्खुको सुकुम्बासी बस्तीमा आगलागी, ६० घर नष्ट


१५ असोज, काठमाडौं । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गएराति आगलागी भएको छ । गएराति करिब ११ बजेतिर मानबहादुर विकको घरबाट आगलागी शुरु भएको थियो । आगलागीमा ६० घर नष्ट भएका बल्खु प्रहरीले जनाएको छ ।

मानबहादुर विकको घरमा बालिएको दियोबाट आगलागी शुरु भएको थियो । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए ।

आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आइतबार बिहानपख २ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

साभारः अनलाईन खबर ।