
१६ फागुन, सुर्खेत । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग पुग्ने उदेश्य सहित एनआईसी एसिया बैंक सुर्खेतले छात्रवृत्ति वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
वीरेन्द्रनगर सुर्खेतको इत्राममा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययानरत लक्ष्मी नेपालीलाई फागुन ११ गते बिहिबार २० हजार छात्रवृत्ति रकम प्रदान गरेको बैंकले जनाएको छ । एनआईसी एसिया बैंकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोख्रेलले छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।
बैंकले विद्यालयले छनौट गरेर सिफारिस गरिएको विद्यार्थीलाई विद्यालयको शिक्षामा सहयोग हेतुले छात्रवृति प्रदान गरिएको पोख्रेलले बताउनुभयो । बैंकले देशभरका शाखाबाट शिक्षा क्षेत्रको विकास लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकबहादुर खत्री, एनआईसी एसिया बैंक सुर्खेत शाखा प्रमुख विश्व भारती, एक्सपेरियन्स म्यानेजर चक्र राज भण्डारी तथा शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । १६ फाल्गुन २०७९, मंगलवार १७:१५ बजे