कर्णाली प्रदेश प्रमुखमा तिलक परियार नियुक्त


२३ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पद मुक्त गर्दै परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारीले प्रदेश १ मा परशुराम खापुङ्ग र सुदुरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । प्रदेश १ मा सोमनाथ अधिकारी र सुदुरपश्चिम प्रदेशमा गंगाराम यादव प्रदेश प्रमुख रहनुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।