
काठमाडौं– अमेरिकी शहर लस भेगसस्थित एक कसिनो रिसोर्ट नजिकै भएको गोलाबारीमा परि पर्नेको संख्या ५८ पुगेको छ । उक्त गोलाबारीमा परी घाइते भएका ४ सय ६ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
स्थानीय प्रहरीकाअनुसार ६४ वर्षीय स्टीफन पैडक नामका एक बन्दुकधारीले मण्डलई बे होटलको ३२ औं तलामा भएको खुल्ला एयर म्यूजिक उत्सवमा अन्धाधुन्ध गोली चलाएका थिए ।
प्रहरीकाअनुसार संदिग्ध हमलाकारी स्थानीय नागरिक थिए, जो प्रहरीको जवाफी कारबाहीमा प्रहरीले गोली हानेर मारेको छ । यो आक्रमण अमेरिकाकै इतिहासमा सबैभन्दा ठूलो गोलाबारी हो । प्रहरीकाअनुसार हमला एक ब्यक्तिबाट भएको हो । उक्त ब्यक्तिले मारिलोउ ड्यानली नामको एशियाली महिलाको खोजी गरेको पनि प्रहरीले पुष्टी गरेको छ । प्रहरीले यति नै संख्यामा मानिस मारिएको भन्ने स्पष्ट गर्न सकिरहेको छैन ।
स्थानीय अस्पतालका प्रवक्ताकाअनुसार उपचार गराईरहेका १४ घाइतेको स्थिति चिन्ताजनक रहेको छ । उनीहरुलाई सयौं गोली लागेको छ ।
गोली चलेको आवाज सुनेपछि सयौं मानिसहरु ज्यान बचाएर भागेका छन् । यो घटनाको भिडियो समेत मानिसहरुले समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
घटनापछि पूरै इलाका प्रहरीको घेरामा छ । त्यहाँ अवस्थित गाडीको चेकजाँच र छानविन भइरहेको छ । ठूलो संख्यामा हतियारबन्द प्रहरीहरु मात्र देखिएका छन् । घटनापछि लास बेगास विमानस्थलको केही उडानको रुट बदलेका छन् ।
साभारः रातोपाटि ।



Milan Shrestha । १७ आश्विन २०७४, मंगलवार ०६:०३ बजे