
माघ १४, सुर्खेत ।
कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक वीरेन्द्रनगर सुर्खेतमा आजदेखि शुरु भएको छ । बैठकमा कर्णाली प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभाका सांसद, गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, मेयरहरुको सहभागिता रहेको छ ।
दुईदिन सम्म सञ्चालन हुने बैठकमा प्रदेश र स्थानीय सरकारका साझा अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणमा सहकार्यलगायतका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।
प्रदेश र स्थानीय निकायहरु बिच समन्वय बैठक हुन नसक्दा कतिपय संबैधानिक अधिकारको स्पष्टता नभएको, प्रदेश र स्थानीय तहका योजनाहरु बीचको अन्तरसम्बन्ध नभएको, प्रदेश र स्थानीय कर प्रणाली बिचको अन्तर सम्बन्ध प्रगाढ नभएको, प्रादेशिक कानुन र स्थानीय तहका कानुन बिचको अन्तरसम्बन्धमा कठिनाई उत्पन्न भएको, प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरु बिचको अन्तरसम्बन्ध प्रष्ट हुन सकेको अबस्थामा सञ्चालन भएको बैठकले यी बिषयहरुलाई स्पट पार्ने अपेक्षा गरिएको छ ।



Milan Shrestha । १४ माघ २०७५, सोमबार १०:१२ बजे