सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न (अपडेट)


३१ असोज । सुर्खेत । नेपाल सरकारको कार्यक्रम सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम आज वीरेन्द्रनगर-९ लाटीकोइली सुर्खेतमा सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९का वडा अध्यक्ष सुरेश मानन्धरले ७७ बर्षिया सनफुली थरुनी लाई रु ८ हजार दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नेपाल सरकारको यो कार्यक्रम स्थानीय जनप्रतिनिधी चुनिएर आएपछि वडाबाट वितरण कार्य शुरुभएको वडा अध्यक्ष मानन्धरले बताए ।

वडा नं ९ का ५६ जना जेष्ठ नागरिकलाई रु ४ लाख ४८ हजार, १२ जना दलितलाई रु ४८ हजार, ३ जना दलित बालबालिका (५ बर्ष मुनिका) लाई रु ४८ सय, ११९ जना एकल महिलालाई रु ४ लाख ७२ हजार र १० जना अपाङ्गलाई रु २४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव देव मुलेलले बताए ।