नेपाल सम्बत् ११३८ मनाईयो


 

३ कार्तिक । सुर्खेत । नेपाल सम्बत् ११३८ सुर्खेतमा पनि मनाईएको छ । सम्बतको अवसरमा नेवा देय् दबु जिल्लाकार्य समिति सुर्खेतले मंगलगढीबाट मोटरसाइकल र्रयाली गरि मनाएको छ ।

र्रयाली वीरेन्द्रनगर सुर्खेतको मुख्यबजार गणेश चौक बुद्धपथ इत्राम  हुँदै पुन मंगलगढी चौकमा कोणसभामा परिणत भएको थियो ।

सभामा दबु सुर्खेतका निवर्तमान अध्यक्ष जीवनकुमार शाक्यले नेपाल सम्बत् नेपालका शंखधर साख्वाले जनताको ऋण मोचन गरि चलाएको सम्बत् लाई राणा प्रधानमन्त्री चन्द्रशम्सेरले आयतित विक्रम सम्बत् चलाएको बताए ।

सभालाई विसर्जन गर्दै दबु सुर्खेतका अध्यक्ष तिलाकुमारी शाक्य श्रेष्ठले नेपाल सम्बत् लाई पुन चलाउनका लागि सबैले दवाव सिर्जना गर्नुपर्ने बताए ।