कोरोनाका ३ नयाँ संक्रमित पुष्टी


१ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस कोभिड १९का ३ नयाँ संक्रमित भेटिए संगै देशमा २ सय ४९ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज राती ८ः३० बजे विज्ञप्ती मार्फत थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाउनु भएको छ । संक्रमितहरु काठमाडौंका ७ बर्ष पुरुष जनकपूरका १७ बर्षिय महिला र धादिङ्गका ३० बर्षिय महिलामा संक्रमणको पुष्टी भएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।