
१६ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक प्रतिनिधिसभामा उम्मेदवार नबन्ने भएका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आउका विजुक्छेले यस वर्ष चुनावमा प्रतिस्पर्धा नगर्ने भएका हुन्। नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा नेता प्रेम सुवाल उम्मेदवार बनेका छन्।
भक्तपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निरज लवजु र २ बाट सुरेन्द्र गोसाइ उम्मेदवार बनेका छन्। त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छन्। उनी यसअघिको संसदमा समानुपातिक पद्धतितर्फबाट संसद थिइन्। भक्तपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सरोज गोसाइ र २ मा प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन्।
साभारः थाहाखबरअनलाइन



Prawash Kumar Shakya । १६ कार्तिक २०७४, बिहीबार ११:४३ बजे