मंगलगढी-काँक्रेविहार सडक समयमा नबन्दा यूवाहरु आन्दोलित


९ मंसीर, सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइलीका स्थानीय यूवाहरुले आज केही समय मंगलगढी-काँक्रेविहार सडक अवरुद्ध गरेका छन् ।

स्थानीय यूवाहरुले वडा कार्यालय अगाडी मंगलगढी-काँक्रेविहार सडक ६ बर्ष सम्मपनि ठेक्का आह्वान भएर समयमा नबनेकाले टायर बालेर विरोध जनाएकाहुन् । प्रदेश सरकारले यही फागुन महिना सम्मको समयअवधी थप गरेपनि ठेकेदार कम्पनीले बाटो बनाउने कुनै सुरसार नगरे पछि स्थानीय यूवाहरुले आज टायर बालेर विरोध जनाएका हुन् ।