
१९ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको चुनावका लागि बर्दिया-१ मा स्वतन्त्र उम्मेदवारी दिएका खड्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।
खड्काले पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए ।
पार्टीले उचित मूल्यांकन र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि खड्काले उम्मेदवारी फिर्ता लिएको एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।
खड्का एमाले भेरी अञ्चल कमिटीका पूर्व सदस्य हुन् ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । १९ कार्तिक २०७४, आईतवार १०:०३ बजे