सम्वाददातालाई पितृ शोक


२६ कात्तिक , सुर्खेत
यस अनलाइनका सुर्खेत सम्वाददाता दलबहादुर वुढालाई पितृ शोक परेको छ । यहि कात्तिक २१ गते मंगलवारका दिन सम्वाददाता दलबहादुर वुढाका पीता लालबहादुर वुढाको ६५ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । वुढाको कोहलपुरको स्थान अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको थियो भने मृतक वुढाको श्रीमती ४ भाई छोरा र २ बहिनी छोरी समेत रहेका छन् भने वुढाको साविक मैनतडां गाविस वडा नं.५ हाल भेरीगंगा नगरपालिका वडा ७ नजिकैको भेरी नदिमा हिन्दु परम्परा अनुशार दाहा संस्कार गरिएको सम्वाददाताले बताउनु भयो ।

मृतको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धर्यधारण गर्ने शक्ति प्राप्त गर्ने कामना गर्दछौं ।

 

प्रवाशकुमार शाक्य, प्रधान सम्पादक
सहसम्पादक मिलन श्रेष्ठ
द त्रिरत्न, परिवार