धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाइते


 ०८ मङि्सर २०७४

धनकुटा– धनकुटाको फुङसुवा खोलामा बम विष्फोट भएको छ । धनकुटा नगरपालिकाको वढा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका वडा नं. ७ को सीमानामा पर्ने फुङसुवा खोलामा अज्ञात समुहले बम विष्फोट गरेको छ ।

उक्त घट्नामा पैदाल यात्री तेजबहादुर कार्की घाईते भएको स्थानीयले बताएको छ । उक्त घट्नापछि प्रहरी टोली घट्नास्थल गएको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए ।

उक्त बम विष्फोट भएको स्थल नजिकै बाम गठबन्धनका प्रदेस सभा उम्मेदवार निरन राईको कार्यक्रम थियो ।

साभार : नागरिक