एम्बुलेन्स दुर्घटना हुँदा १ को निधन, ४ घाइते


जेठ ७, सुर्खेत ।

कर्णाली प्रदेशको सल्यान जिल्लाको बागचौर नगरपालिकामा गर्भवति महिला बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

बागचौर नगरपालिका–२ चिलढालेबाट थारमारेका लागि छुटेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको निधन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय सल्यानले दिएको जानकारी अनुसार रा. १ झ. १३४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ४४ बर्षीया जानकी बुढाथोकीको निधन भएको छ भने ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा १९ वर्षिया गर्भवति कल्पना चलाउने, ४६ वर्षका वल बुढाथोकी, ३५ वर्षिया डम्बरी बुढाथोकी र ४० वर्षका रामबहादुर बुढाथोकी रहेको जनाइएको छ

दुर्घटनामा परी घाइते चारजनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।