
९ मङ्सिर । रुकुमको मुसिकोट-६ साँख कालिमाटीमा ग १ ज ४२६० नम्वरको जिप दुर्घटना हुदाँ सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरिक्षक नविन श्रेष्ठ र वहाका पत्नी अनिता प्रधानको ज्यान गएको छ ।
४ दिन मात्र सुर्खेत ट्राफिक प्रमुखको जिम्मेवारी समाहाल्न पाउनुभएका प्रहरी निरक्षक श्रेष्ठको ३ दिनअघि मात्र विवाह सम्पन्न भएको सुर्खेतका ट्राफिकका प्रहरी नायव निरिक्षक कवी सेन्चुरी बताउनुभयो ।
दुर्घटनामा परि मुसीकोट १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका १ की यमुना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चालक प्रेम थापा, सहचालक रुकुम मग्मा निवासी प्रेम केसी र वर्दिया निवासी टेक वहादुर खत्री को थप उपचारका लागि नेपालगंज पठाइएको बताइएको छ ।



Prawash Kumar Shakya । ९ मंसिर २०७४, शनिबार ०२:३६ बजे