फरार कैदी १५ महिना पछि फेरी पक्राउ


जेठ २७, सुर्खेत ।

१५ महिना अघि फरार भएका कैदी बलबहादुर शाही फेरी पक्राउ परेका छन् ।

कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नं. ३ ओदानकु निवासी कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार शाखा कालीकोटमा कैद भुक्तान गरिरहेका शाही २०७३ साल चैत ११ गते प्रहरी जवान सँग बजारमा आएका बेला जिल्ला सदरमुकाम मान्मबाट भागेका थिए ।

फरार भएका शाहीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको एक टोलीले बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं. १४ हवल्दापुरबाट पक्राउ गरी पुन कालीकोट पुगाएर पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

२०६६ सालमा नेपालगञ्जका धनु धितालका छोरा राजु धिताललाई अपहरण गरी मारेको घटनाका मुख्य योजनाकार शाहीलाई जिल्ला अदालत बाँकेको २०६७ साल फागुन २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित २० वर्ष कैद र अपहरण तथा शरीर बन्दक मुद्धामा १५ वर्ष कैद र दुई लाख जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी इन्सपेक्टर निरज चौलागाइको भनाई छ । उनलाई आइतबार कारागार चलान गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।