होलीमा ‘ड्रिंक एण्ड ड्राइभिङ’ले लियो ज्यान


११ चैत्र, कोहलपुर-होलीको समयमा भएका सडक दुर्घटनामा दुईको ज्यान गएकोछ। १४ जना घाईते छन्। मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरकाअनुसार मदिरा सेवन गरि सवारी चलाउनु दुर्घटनाको कारण हो। 
चैत ९ गते मोटरसाईकलमा तीनजना चढेर तीब्र गतिमा यात्रा गर्दा भएको दुर्घटनामा सुर्खेत भेरीगंगा–१२ का २१ बर्षीय तिलक पुनको मृत्यु भएको छ। नेपालगन्ज–सुर्खेत रत्नराजमार्ग अन्तर्गत हर्रेमा बा ६४ क ९०२८ नम्बरको मोटरसाईकल सानोहर्रेमा दुर्घटना भएको थियो। मोटरसाईकल सवार अन्य दुई युवक समेत गम्भीर घाईते भए। यस्तै चैत ८ गते पूर्वपश्चिम राजमार्गको वनकटुवा–४ मा मोटरसाईकल र ट्रक आपसमा ठोकिँदा मोटरसाईकल चालक वनकटुवा–९ का ३९ बर्षीय मोहन केसीको ज्यान गयो। प्रहरीकाअनुसार दुर्घटनाको कारण मदिरा सेवन थियो।

सुर्खेत जाँदै गरेको लु १ ख ७२६३ नम्बरको ट्रक र कोहलपुरबाट वनकटुवातर्फ गैईरहेको भे ५ प २०४९ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो। यस्ता दर्जनबढी दुर्घटनामा १४ जना घाइते भएका छन्। 
साभारः नागरिक अनलाइन