एशियन लाईफद्वारा बीमा रकम भुक्तानी(५ तस्विर सहित)


चेक हस्तान्तरण गर्दे कार्यक्रमका सभापती धीरबहादुर शाही एवंम् चेक ग्रहण गर्दे मृतकी श्रीमती बोगटी ।

सुर्खेत, १४ असार । एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतले दुर्घटनमा परी मृत्यु भएका दिपेन्द्र थापाका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । ठाँकीकाध गाउँपालिका १ दैलेखका दिपेन्द्र थापाका परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहाँको गत जेठ ९ गते दैलेखको गुराँसेमा मिनि ट्रक दुर्घटना हुँदा थापाको निधन भएको थियो ।

थापाले एशियन लाईफ ईन्स्योरेन्समा १५ बर्षिय अग्रिम भुक्तानी जीवन वीमा योजना अन्तर्गत १० लाख रुपिँयाको जीवन बिमा गर्नुभएको थियो । उहाँको २०७६ साल जेठ ०९ गतेका दिन दैलेखको गुरांसेमा मिनी ट्रक दूर्घटनामा परी निधन भएपछि उप–शाखा दैलेखले ठांटीकाधमा एक कार्यक्रमका बिच शुक्रबार २० लाख ५३ हजार बराबरको चेक थापाका श्रीमति लक्ष्मी बोगटी हस्तारन्तरण गरिएको एशियनका शिनियर बिजनेश म्यानेज मिलन श्रेष्ठले जानकारी दिनुभयो । थापाले पहिलो किस्ता वापत रु ८१ हजार मात्र कम्पनीमा बुझाउनु भएको थियो ।

मृतक दिपेन्द्रको तस्विरमा मालाअर्पण सहित श्रद्धाञ्जली व्यक्त गर्दे ।

औषधि व्यवसायी थापाले ठाँकीकाँधमै मेडिलक संचालन गर्नुभएको थियो । मृतकी श्रीमती लक्ष्मी बोगटीले यस रकमले आफ्नो सन्तानका लागी केहि राहत हुने बताउनुभयो । घरमै गएर रकम हस्तान्तरण गरेको भन्दै उहाँले धन्यवादन दिनुुभयो । शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाले शाखा सुर्खेतद्धारा वीमा रकम हस्तान्तरण गरेको पहिलो ठुलो रकम भएको बताउनु भयो ।

 

वीमाको महत्व र आवश्यकताको बारेमा जानकारी दिदै बरिष्ठ अधिकृत पारसमणि खनाल ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा ठाँठिकाँध गाउँपालिकाका अध्यक्ष एवंम् कार्यक्रमका सभापती धीरबहादुर शाहीले आफुले जीवन वीमाको बारेमा त्यती बुझ्न नपाएता पनि मानिसहरुको जीवन वीमा हुन्छ र मृत्यू पश्चात वीमीतका आफन्तले राहात रकम पनि पाउदछन् भन्ने त थाहा थियो तर आज यसरी आफ्नै गाउपािलकामा नै आएर मृतकका आफन्तलाई रकम वापतको चेक हस्तान्तरण गरेको देख्न पाउदा खुशी व्यक्त गर्दे एशियन लाईफ ईन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गनु भयो । शाहीले कार्यक्रमा बोल्दै वास्तवमा जीवन वीमा भनेको हुने खानेका लागी मात्र नभई हुदा खानेका लागी अति आवश्यक रहेको औल्याउनु भयो । जीवन वीमाले जीवनमा हुने घटनाहरुमा क्षति वापतको रकम प्राप्त गर्ने भन्दा पनि भविष्यका लागी बचत समेत हुने भएको हुदा उपस्थित सबैलाई वीमा गर्नका लागी आग्रह गर्दे अबको दिनमा आफूले पनि जीवन वीमा कम्पनीलाई अभियानकै रुपमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

शोक मन्तव्य व्यक्त गर्दे प्रमुख अथिती कविराज कडेंल

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका सिनियर बिजनेश म्यानेजर एवंम् कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका कविराज कडेंलले आफुले स्वर्गिय दिपेन्द्रको जीवन वीमा गरेर धेरै ठुलो कार्य गरेको कुरा बताउनु भयो, कडेंलका अनुशार स्वर्गिय दिपेन्द्रको दूर्घटनामा परि मृत्यू त हुने नै रहेछ तर आफुले वीमाको बारेमा बुझाएर वीमा गरिदिएकोले आज आर्शित परिवारले रावत स्वरुप रकम प्राप्त गरेको छन् ।
मृतका घरमा वुवा–आमा, १ दाई, २ भाई र १वटा बहिनी हुनुहुन्छ । मिती २०७६ साल जेठ ०९ गतेका दिन दैलेखको गुरांसेमा मिनी ट्रक दूर्घटनामा परी २५ बर्षको उमेरमा उहां लगाएत उक्त घटनामा जोरासिंह थापा र धर्मराज थापाको मृत्यू भएको थियो भने अन्य २ जना मृतक जोरा सिंह थापा र धर्मराज थापाको भने जीवन वीमा थिएन ।

शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाल, उप–शाखा दैलेखका प्रमुख अंकबहादुर वुढालगायतको सहभागिता रहेको थियोे ।

चेक हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीयहरु ।