माक्स लगाउन अटेर गरेपछि सय रुपियाँ जरिवाना गर्दै प्रहरी


२४ श्रावण, सुर्खेत । कोरोनोको जोखिम बढेपछि माक्स लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले अटेर गर्दा सय रुपियाँ जरिवाना लगाइएको छ ।

आइतवार बजार अनुगमनका क्रममा माक्स लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको हो । करिव एक सातासम्म माक्स लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरुले कोरोनाबाट बच्नका लागि माक्स अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गरेका थिए ।

यति गर्दा पनि सर्वसाधारणहरु माक्स लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सर्वसाधारणले माक्स लगाउन जति आग्रह गरेपनि नमानेका कारण जरिवाना लागू गरेकाछौ साथै माक्स दिदैं गरिएको छ ।

आइतवार साँझसम्म ५० जनालाई जरिवाना गराइएको सहायक प्रजिअ महतले बताउनुभयो । माक्स लगाउन अटेर गर्नेलाई अव जरिवाना निरन्तर गरिने उहाँको भनाइ छ । स्वास्थ्यकर्मीहरुले पनि माक्स लगाउँदा कोरोनाको भाइरस सर्ने क्रममा कमी आउने बताएका छन् ।