निःशुल्क स्वास्थ्य शिविरमा ५ सयको जाँच


१९ माघ, सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर–४ दसरथपूरमा गरिएको एक दिने स्वास्थ्य सिविरमा ५ सय भन्दा धेरैले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।

लेकबेशी नगरपालिका सुर्खेत, समाज जागरण केन्द्र (स्याक) नेपाल, जागरण एफ. एम सुर्खेतको संयुक्त आयोजना र शुभकामना पोलिक्लिनिक एण्ड मेटरनिटी सेन्टर सुर्खेतको प्राविधिक सहयोगमा गरिएको सिविरमा पाँच सय १ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका हुन् ।

सिविरमा उपचार गराएकाहरु मध्ये अधिकांसमा पाठेघर खस्ने, पिसाव पोल्ने, बाथरोग, छाला तथा हाडजोर्नी सम्बन्धीका बिरामीहरुले निशुल्क उपचार पाएको शुभकामना पोलिक्लिनिक एण्ड मेटरनिटी सेन्टरसुर्खेतका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केशर ढकालले जानकारी दिनुभयो । शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केशर ढकालको नेतृत्वमा जनरल फिजिसियन डा. प्रदिप न्यौपाने, डाक्टर विध्वता भट्टराई, डाक्टर इन्द्र थापा र एम शर्माले शिविरमा सेवा प्रदान गरेका थिए भने जाँच गराउन आउनेहरुमा ७० प्रतिशत महिला र बाँकी ३० प्रतिशत पुरुष रहेका थिए ।