आठौ दिनमा उठ्यो ताराको शब, दोषिलाई हदै सम्म कार्वाहिको माग


०२,माघ सुर्खेत ।यहि पुुस, २४ गते सुर्खेत जिल्ला भेरीगंगा नगरपालीका वडा नः १२ छिन्चु स्थीत प्रहरी चेक पोष्ट नजिकैको मुख्य सडकमा पुस २४ गते बिहिबारको दिन टिप्परको ठक्करबाट ज्यान गुमाउनुभएकी ताराकुमारी आलेका शब शुक्रबार(आज) दाहासंस्कार गरिएको छ ।

यहि पुस २४ गते सुर्खेत जिल्लाको छिन्चु बजारमा दुर्घटना भए पश्चात मृतकको परिवारलाई जानकारी नै नदिई शब उठाएको बिषयलाई लिदै पिडितह परिवारले बिगत ७ दिन देखि चरणबद्ध रुपमा आन्दोलन गर्दे आईरहनु भएको थियो ।

मृतका बुवा रत्न बहादुर आलेमगरले भन्नु भयो कि, प्रहरी प्रशासन सर्वसाधारण्का लागी पनि रहेछ भन्ने कुरा आज गलत सावित भएको पाए, बिगत एक हप्ता देखि मेरो छोरीलाई टिप्परले ठक्कर दिएर मृत्यु हुदा समेत, घटनाको ७औं दिन बितिसक्दा पनि, प्रहरी प्रशासनले दोषिलाई करवाहि गर्नुको बदला हामि पीडित पक्षलाई नै बोलाएर पीडित पक्षको(हाम्रो) तरिका गलत भएको भन्ने कुरा प्रशासनले नै गरेको सुन्दा म अचम्मित भएको छु । पीडित म आफ्नो छोरि गुमाउने व्यक्ति कि, त्यो घटना घटाउने व्यक्ति भयो, न्याय कसलाई चाहिने हो उहांले प्रश्न गर्नु भयो ?

केहि समय देखि कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा टिप्पर संचालकले टिप्पर चालकलाई दिनमा लगाउने चक्करको आधारमा पारिश्रमीक दिने होडबाजिले गर्दा, केहि महिना यता जिल्लाका केहि स्थानहरु मुलपानी चोक, मदानी चौर, पिपिरा, मेहेलकुना तथा छिन्चुमाको घटनालाई हेर्दा टिप्परहरुको ओभरलोड, तिब्रगति, टिप्पर संचालन हुने निश्चित समय सिमा नहुँदा सुर्खेतमा टिप्पर आतंक दिनप्रतिदिन झनै भयाभह रुपले बढीरहेको हुदा उक्त कुरालाई रोक्न पनि माग गरिएको छ ।

सुर्खेत देखि नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिँदा ताराकुमारी आलेको मृत्यु भएको थियो ।

दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही उपचारकै क्रममा अस्पतालमा नै भर्ना हुनु भएको छ ।