भक्तपुरको यो ठाउँमा सारिदैछ वीर अस्पताल


IMG_20160712_093904-1024x768काठमाडौं– वीर अस्पताललाई भक्तपुरमा सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । मध्यपुरठिमीको सानोठिमी वा चाँगुनारायण नगरपालिकाको दुवाकोट मध्ये एक ठाउँमा सार्ने निश्चित भएको हो ।

सरकारले बजेट भाषणमा उपत्यका भित्र पा“च सय रोपनी क्षेत्रफलमा वीर अस्पताल सारेर अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको थियो ।

विभिन्न ठाउँमा जग्गा खोजी गरेपनि उपयुक्त नपाएपछि सरकारले सानोठिमी स्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र वा चाँगुनारायण नगरपालिका स्थित इन्जिनियरिङ कलेजको आसपासको जग्गामा बनाउने टुङ्गो लगाएको हो ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति गणेश गुरुङ सहितको टोली मंगलबार जग्गाको टुङ्गो लगाउन भक्तपुर पुगेका थिए । सानोठिमीमा करिब तीन सय रोपनी मात्रै रहेकोले दुवाकोटमा साढे पा“च सय रोपनी भन्दा बढी एकै ठाउ“मा पाएपछि मन्त्री पौडेलले दुवाकोटलाई उपयुक्त ठाने ।

‘धरै ठाउँमा जग्गा खोज्यौ । चित्त बुभ्mदो भेटेका थिएनौं । सरकारले संसदमा पेश गरेको बजेटमा वीर अस्पताललाई उपत्यका भित्र अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने योजना पूरा गर्न विभिन्न ठाउँमा हेरेको जग्गाको तुलनामा चाँगुनारायणको काखमा जग्गा उपयुक्त हुन सक्छ भनेपछि अवलोकन ग¥यौं,’ मन्त्री पौडेलले भने, ‘सरसर्ती हेर्दा जमिन ठिकै छ । बालुवाको थुम्का र ढिस्को छ । मानिसको फेला परेपछि राम्रो हुन्छ । यो ठाउ“मा हामीले अन्तर्राष्ट्रिय स्तरको वीर अस्पताल बनाउन बिलम्ब गर्नु हुदैन भन्ने मेरो निष्कर्ष छ ।’

सानोठिमीको जग्गा पनि सर्वसाधरणको पहु“चको आधारमा ठिकै रहेको उनले बताए । दुवाकोटमा वीर अस्पताल निर्माण गर्न पेप्सीकोला हुँदै मनोहरा करिडोर चार लेनको बनाउनुपर्ने उनले बताए ।

मुलुककै जेठो अस्पताल सहरको बीचमा साघुरो भएकोले थप विकास गर्न नसकेपछि अन्यत्र सार्न लागेको मन्त्री पौडेलले बताए । ‘हामीले चाहेर पनि आवश्यक पूर्वाधार विकास गर्न सक्दैनौ । स्तरीय सेवा दिने अस्पतालको रुपमा विकास गर्न सक्दैनौ,’,’उनले भने,‘राष्ट्रपतिदेखि गिटी कुट्नेसम्मका व्यक्तिले समान रुपमा उपचार गर्न पाओस । त्यस स्तरको अन्तराष्ट्रिय अस्पताल विकास गर्न चाहन्छौ ।’ यो सपना नया“ ठाउमा बिर अस्पताल सारेपछि मात्रै पुरा हुने उनले बताए ।

दुवाकोटको जग्गा प्राप्तीको प्रक्रिया अघि बढाउन न्याम्सका उपकुलपति गुरुङलाई उनले निर्देशन दिए । दुवाकोटको पा“च सय ७३ रोपनी जग्गा मध्ये तीन सय २४ रोपनी परोपकारको नाममा छ । त्यस्तै एक सय ७४ इन्जिनियरिङ कलेजले ओगटेको स्थानीयले जनाएको छ । १५ रोपनी चागुनारायण स्कूल र ६० रोपनी त्यतिकै खाली छ । ‘यी सबै जग्गा जग्गा प्राप्ती लागि हामी आजैदेखि लाग्नु पर्छ,’पौडेलले भने । कोटेश्वर सल्लाघारी हुदै यो ठाउमा पुग्न नौ किलोकिटर टाढा पर्छ । पेप्सीकोलाबाट मनोहरा करिडोर खोलपछि कोटेश्वरबाट पा“च किलोमिटरमा पुग्न सकिने स्थानीयले जनाएको छ ।

उपकुलपति गुरुङले अन्यत्र भन्दा दुवाकोटको जग्गा उपयुक्त लागेको बताए । ‘मैले यसअघि पनि हेरे,’उनले भने,‘अन्यत्र भन्दा क्षेत्रफल पनि ठूलो भएकोले दुवाकोट ठिक छ ।’

????????????????

 

 

 

साभारः स्वास्थखबर पत्रिका