विद्यार्थी संगठनहरुद्वारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी


७ श्रावण, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले  आफुुहरुले राखेको माऊहरु पुरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रिय क्यापस, परिक्षा व्यवस्थापन कार्यालयलगाएत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चितकालकालागि बन्द गरेका हुन् ।

विद्यार्थीहरुको संगठनले विश्वविद्यालय प्रशासनलाई यहि साउन ३ गते १८ बुँदे माग राखी ध्यानाकर्षण गराएका थिए । माग सुनुवाई नभएपछि विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन । विद्यार्थीहरुको मागलाई वेवास्था गरेको कारण आन्दोलन गर्नुपरेको र पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासने वेवास्था नगरेकोले आन्दोलन गर्नुपरेको नेपाल विद्यार्थी संघका सभापति गौतम विसीले जानकारी दिनुभयो ।