सुर्खेतका ४ सहकारी सम्मानित


१८ असोज, सुर्खेत । राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उत्कृष्ट कारोवार४ सहकारी संस्था सम्मानित भएकाछन् ।

राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारण सभामा प्रदेश र शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार विधा अन्तर्गत घोषणा भएका सहकारी संस्थाहरुलाई सोमबार एक कार्यक्रमको बिच सम्मान गरिएको हो ।

कर्णाली प्रदेश स्तरमा उत्कृष्ट कारोबार गर्ने सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–६, सुर्खेत र पुर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका रहेकाछन्  । त्यस्तै सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबार विधामा ओयसिस बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि सम्मानित भएका छन् ।

सम्मानित संस्थाका प्रतिनिधिरुलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती र संचालक हरिहर नाथ योगीले संयुक्त रुपमा दोसल्ला ओढाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।