कर्णालीमा ढुक्क भएर लगानी गर्न मन्त्री बुढाको आग्रह


१२ असोज, सुर्खेत । प्याजियो कम्पनीको अटोरिक्साको व्यापार प्रवर्धन गर्दै आएको श्रीनाथ सप्लायर्सले आजबाट कर्णाली प्रदेशकालागि भेष्पा, अप्रिला स्कूटरको शो-रुमलाई सञ्चालनमा ल्याएको छ ।

शो-रुमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले श्रीनाथ सप्लायर्सले समायनुकुल व्यवसाय रुपान्तरण गर्दा कर्णालीको व्यवसाय अब्बल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कर्णालीमा यस्ता किसिमका व्यावसायहरु खुल्नु नै रोजगारको श्रृजना भएको औल्याउँदै उहाँले कर्णाली प्रदेश सरकार ‘उद्योगको विकासका लागि सरकारले वातावरण सिर्जना गर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै व्यावसायीहरुलाई लगानाी गर्न आग्रह गर्नुभयो ।

भेस्पा, अप्रिला स्कुटरको सुर्खेतमा माग हुँदाहुँदै पनि सर्भिस सेन्टर नहुँदा ग्राहकहरुले सास्ती झेल्नु परेको बताउँदै म्यानेजर अर्जुन दाहालले नयाँ मोडलका स्कुटर विक्री र ग्राहकहरुलाई प्रभावकारी सर्भिस सेवा दिन श्रीनाथ सप्लायर्सले सोरुम सञ्चालनमा ल्याएको बताउनुभयो ।

अन्य स्कुटरको तुलनामा भेस्पा, अप्रिलाको स्कुटरमा उच्चगतिको पिकअप, आकर्षक मोडल, बलियोपना भएको दाहालले बताउनुभयो । उहाँले प्याजियो कम्पनीले तयार पारेका १५० सीसी र अर्पिलिया स्ट्रोङ–१२५ सीसी नयाँ मोडलको स्कुटर विक्री खुला गरिएको छ । अप्रिला स्कुटरको मुल्य २ लाख २४ हजार नौसय छ । दशैं–तिहार अफरमा नयाँ स्कुटर किन्ने ग्राहकहरुले हेल्मेट र पेरिमिटर किट पाउनेछन् ।

साथै पाँचहजार देखी एक लाखसम्म नगद कुपन रहेको जनाएको श्रीनाथले लक्की ड्र बाट वन्जी र जीप फ्लायएरदेखी अन्नपूर्ण वेश क्याम्पमा हेलिकप्टर टुर अफर दिएको जनाएको छ । कार्यक्रम श्रीनाथ सप्लायर्सका सञ्चालक बसन्ती शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सुशीलखड्काको सहयोगमा