काँग्रेसको जिल्ला सभापति पदमा शाक्यले उम्मेदवारी दिने


१० मंसीर, सुर्खेत । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा विभिन्न सञ्चारमाध्यमहरु देखि सामाजिक सञ्जालमा व्यापकरुपमा सुर्खेतको जिल्ला सभापति पदमा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का समूहका करिब आधा दर्जन नेताहरु जिल्ला सभापतिको आकाँक्षी देखिएका छन् ।

सुर्खेत जिल्लामा विगतका समयहरुमा पार्टी भित्रको आन्तरिक द्वन्दका कारण वतर्मान महामन्त्री खड्का समूहको सुर्खेत जिल्लामा अवस्था कमजोर हुँदादेखि नै साख जोगाइ राख्न सफल कालीप्रसाद शाक्य जिल्ला सभापति पदकालागि आफ्नो उम्मेदवारीकोलागि दावी गर्नुभएको छ ।

को हो हुन शाक्य ?

२०३५ सालको नेपाल विद्यार्थी संघद्वारा आफ्नो राजनितिक यात्रा शुरु गर्नुभएका शाक्यले पञ्चायतकालामा पार्टीको विभिन्न पदमा रही आफ्नो सक्रियत प्रस्तुत गरिसक्नु भएको छ । यति मात्र नभै २०४९ सालमा नगर प्रमुख पदकालागि पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । यसैगरि २०५१ सालदेखि २०५३ साल सम्म पार्टीको जिल्ला सचिव पदमा रही कार्य गरेको अनुभव शाक्यमा छ ।

२०६२ /०६३ को जनआन्दोलनमा पनि जिल्लाको कार्यवहाक सभापति भै पार्टीको अतुल्नीय योगदान पुर्याउनुभएका शाक्यले १३औं महाधिवेशनमा हार व्यवहोर्ने सुनिश्चित भएतापनि शिर्ष नेताको आग्रहमा आफ्नो उम्मेदवारीता दिइ पार्टी विचलित हुनवाट जोगाउन महत्वपूर्ण योगदान रहेको थियो ।

उहाँ भन्नुहुन्छ “सिङ्गो पार्टीमा रही आफूले योगदान दिएको महशुस गरि यसपटकको १४औं महाधिवेशनमा आफूले जिल्ला सभापति पदामा उम्मेदवारी दिने बताउँदै शिर्ष नेताहरुद्वारा कदर सहित न्याय पाउने छु ।”

शाक्य २०४८ सालदेखि हाल सम्म महाधिवेशन प्रतिनिधी रहँदै आउनुभएको छ ।