सुर्खेतमा गुण एयरलाइन्सले सेवा शुरु गर्दै


८ मंसीर, सुर्खेत । बिगत लामो समय देखि देशका विभिन्न स्थानहरुमा आफ्ना दुईवटा बिचक्राफ्ट थप गरि पाँच वटा जेटस्टीम सहित कुल ७ वटा विमानबाट उडान शुरु गरेको कम्पनी गुण एयरलाइन्सले यहि पौष १८ अर्थात् जनवरी १ तारिख देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न लागेको छ ।

यस अघि नै आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती ५ वटा जेट्स्ट्रीम सहित कुल ७ वटा विमानबाट देशका विभिन्न प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले यहि पौष १८ देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न लागेको हो ।

Natta Nepal Association of tour and travel agency कर्णाली प्रदेशका अध्यक्ष निर्मल के.सीका अनुशार यहि पौष १८ गते देखि सुर्खेत काडमाण्डौ उडान शुरु गर्न लागेको बताउनुभयो । उहाँका अनुसार जनमानसको सेवा सुविधा मध्यनजर गरी गुण एयरले सेवा सुचारु गर्न लागेको हो । अहिले बुद्ध एयर दिनको एकपटक सेवा दिई रहेको र भाडा दर हेर्दा सबैको सहजै पहूचमा नहुने साथै बिहानको बुद्ध एयरको फ्लाईट पश्चात काठमाण्डौ जानु पर्ने भएका सुर्खैत देखि नेपालगंज सम्मको यात्रा पछि मात्र काठमाण्डौ जानु पर्ने भएकोले उक्त झंझट हटाउनकालागि पनि सेवा शुरु गर्न लागीएको हो । यति मात्र नभई भाडा दर कम हुने भएको हुँदा पनि नेपालगंज नै नगई सुर्खेत देखि ५५ मिनेटको यात्रा गरि काडमाण्डौ पुग्न सकिने भएकोले पनि कर्णालीवासीहरुको लागी सुविधा हवाई यात्रा हुनेछ ।

केसीका अनुसार कर्णाली प्रदेशका राजधानी भएको हुँदा पनि यहाँबाट सस्तो र प्रतिस्पर्धा दरमा यात्रा गर्न पाउने भएको हुँदा कार्णालीवासीहरुलाई पनि राम्रो हुन्छ । पहिलो चरणमा गुण एयरले काठमाण्डौ, सुर्खेत सेवा सुचारु गरेपछि दोश्रो चरण्मा सुर्खेत, पोखरा, सुर्खेत भैरहवा र सुर्खेत धनगढि पनि उडान गर्ने बताइएको छ ।

यति मात्र नभइ समग्र कर्णालीवासीहरुको सेवा,सुविधालाई ध्यानमा राखि तत्काली प्रभु हेलिकप्टरबाट आपत्कालिन उद्धार कार्यक्रम पनि संचालन गर्न लागेको केसीले बताउनु भयो । उहाँले भन्नुभयो “कर्णाली जस्तो दुर्गम स्थानमा कुनै पनि दुर्घटनाहरु भए पश्चात समयमा नै उद्दार नहुँदा घाईतेहरुले अकालमै ज्यान गुमाउन’ पर्ने पिडा रोक्नका लागी प्रभु हेलिकप्टरलाई सुर्खेतमा नै राखि २४सै घण्टा सुविधा दिइने छ ।