एनआईसी एशिया बैंकको डिसीईओमा राठी


११ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । राठीले आउँदो साउन १ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।

राठीले २०६४ मंसिर देखि तत्कालीन बैंक अफ एशिया नेपाल विराटनगरमा शाखा प्रबन्धकको जिम्मेवारीबाट एनआईसी एशिया बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै डीसीइओमामा नियुक्त हुनुभएको हो ।

बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएका राठीलाई बैंकको रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बैंक सञ्चालन समितिले डीसीइओमा नियुक्त गरेको बताइएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।