सुर्खेतमा पनि nepali_search_engine को सेवा शुरु


१२ असार, सुर्खेत । मानिसले आजभोली इन्टरनेटको द्रुत विकास सँगै केही कुराको जानकारी लिनकालागि अहिले गुगल फेसबुक इन्स्टाग्राम जस्ता सञ्जालको अत्याधिक प्रयोग गरेको पाइन्छ । धेरै जसो देशहरुले इन्टरनेटमा आफ्नै सर्च गर्ने वेव पोर्टल बनाएका हुन्छन् । यसैवीच यस्तै किसिमका सर्च गर्न मिल्ने विषेश गरि व्यावसायका बारेमा सर्च गर्ने मिल्ने गरि नेपाली सर्च इन्जिन प्रा. लि.ले https://www.nepalisearchengine.com/ को शुरुवात गरेको छ ।

कम्पनीका सञ्चालक सुवास लामिछाने भन्नुहुन्छ  “सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन । नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्ने उद्देश्यका साथ नेपाली सर्च इन्जिन प्रा.लि. को हामीले स्थापना गरेका हौं । नेपालका सम्पूर्ण संघ संस्थाहरु , ब्यवसायहरुलाई अनलाइनको माध्यम बाट एउटै ठाउँमा सजिलोसँग जानकारी लिन सक्ने गरि अहिले नेपाली सर्च इन्जिनले आफ्नो कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ ।”

नेपाली सर्च इन्जिनमा विभिन्न संघ-सस्थाको जानकारी तथा सेवा सुविधाको बारेमा जानकारी लिन सकिन्छ । सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि नेपाली सर्च इन्जिन सबैको रोजाइ बन्दै जानेछ । कम्पनी स्थापनाको शुरूवातमा यो बिषयमा बजारमा बुझाउन गार्हो भएपनी पछिल्लो समयमा सबै ब्यवसायिहरुको रोजाइमा पर्न सकेको र छिटोभन्दा छिटो नेपालको पहिलो सर्च इन्जिनको रुपमा https://www.nepalisearchengine.com/सबैको आकर्षक हुने दावी कम्पनीका अर्का सञ्चालक केशवराज खनालले बताउनुभयो ।

खनाल भन्नुहुन्छ प्रायः नेपालमा गुगल , फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यम बाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्य सहित हामीले कम्पनिको स्थापना गरेका हौं । हामी आगामी बर्ष मै आफ्ना सेवाहरुलाई देशभर बिस्तार गर्ने र नेपालभर सयौलाई रोजगारी समेत दिने योजना कम्पनीको छ ।

रुपन्देहीबाट शुरु गरिएको नेपाली सर्च इन्जिनले आफ्नो सेवाहरुलाई चितवन, काठमाडौ, झापा, मोरङ्ग, सुनसरी, दाङ, पोखरा, नवलपरासी, नवलपुर र बाँकेबाट दिइरहेको सेवा बिस्तार गर्दै अब सुर्खेत जिल्लाबाट पनि सेवा सुचारु गरेको नेपाली सर्च इन्जिन सुर्खेत प्रमुख प्रवाश कुमार शाक्य जानकारी दिनु भयो ।

नेपाली सर्च इन्जिनमा सबै संस्थाको जानकारी र सेवाको बारेमा आफुलाई जुन स्थानिय तहमा आवश्यकता भयो त्यही स्थानीय तहमा आवश्यकता अनुसारको विवरण https://www.nepalisearchengine.com/ भित्र सर्च गरि खोज्न सकिने कुरा कम्पनीले जनाएको छ ।
नेपाली सर्च इन्जिनले नेपालभर संचालनमा रहेका सम्पुर्ण पसल संघ संस्था, ब्यवसाय, उद्योगहरु तथा ब्यवसायिक ब्यक्तिहरुको सम्पूर्ण जानकारी सहित अनलाइन ब्यवसायिक प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ । नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्रीवितरण गर्ने , होटल बुकिङ्ग सेवा उपलब्ध गराउने, हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने, स्कुल तथा क्याम्पसमा अनलाइनबाट नै भर्ना गर्न सकिने ब्यवस्था, जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने, सेकेन्ड ह्यान्ड बजारीकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।