नमुना मतदान अभ्यास सम्पन्न (भिडियोसहित)


२९ कार्तिक, सुर्खेत । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि आज वीरेन्द्रनगरमा नमुना मतदान अभ्यास गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका परिसरमा नमुना मतदानको अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा संचारकर्मी सुरक्षाकर्मी कर्मचारी र अन्य नागरिकको सहभागिता रहेको थियो ।