सिके राउत धनुषाबाट पक्राउ


२१ मंसिर, काठमाडौं । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।

‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी चक्रबहादुर सिंहले अनलाइनखबरसँग भने ।

साभारः अनलाइनखबर