
फागुन ६, काठमाण्डौ ।
नेपाली कांग्रेसको भातृसंघ नेपाल बिद्यार्थी संघको नयाँ तदर्थ समिति छनौट गर्न माउ पार्टी लागि परेको छ । ११ औं महाधिबसन भएको झण्डै २ बर्ष भई ६ महिना सम्म पनि बिधानत १२ औं महाधिबेसन सम्पन्न गर्न नसक्दा निबर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा पार्टी सभापति समक्ष दिएपछि तदर्थ समिति छनौटको रौनक छाएको हो ।
नयाँ नेतृत्वका लागि १२ औं महाधिबेसन पार्टीले दिएको समय सिमा भित्र गर्ने सम्पन्न गर्न एकातिर चुनौति छ भने अर्कोतर्फ बिद्यार्थीका हकहित र शैक्षिक मुद्दा हरुलाई उठाउन सक्ने कुशल नेतृत्वका लागि निबर्तमान नेबिसंघका महामन्त्री सरोजकुमार थापा पार्टी सभापति शेरबहादुर देउवाको पहिलो रोजाइमा पर्ने सभापति निकटका नेताहरु बताउदै आएका छन् ।
लामो समयसम्म बिद्यार्थी आन्दोलनमा होमीएका र सभापतिका निकट पात्र सरोजकुमार थापा भएकाले अबको नेतृत्व गापाले नै पक्का पक्कि भएको सभापति निकट एक नेताले प्रतिक्रिया दिएका छन् । नेपालको प्राज्ञिक थलोका रुपमा त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुको नेतृत्व गर्न सफल थापा सभापति देउवाको र नेबिसंघको उचाई बढाउन सफल भएका मानिन्छन् । देशका ७ वटै प्रदेशका विद्यार्थी बिच लोकप्रिय रहेका थापालाई नै तदर्थ समितिको अध्यक्ष बनाउँदा १२ औँ महाधिबेशन समयमै सम्पन्न गर्न सक्ने सभापति देउवाको बिश्वास रहेको र पार्टी भित्रका शिर्ष नेताहरु पनि थापाकै पक्षमा रहेको कांग्रेस स्रोतले बताएको छ ।
आगामी ९ गते बस्ने कांग्रेस केन्द्रिय समिति बैठकमा सभापति देउवाले थापाको नेतृत्वमा तदर्थ कार्य समिति प्रस्ताव गर्नलाई पार्टीका शिर्ष नेतासँग आन्तरिक परामर्श थालेको सभापति निकटका नेताको दाबी गरेका छन् भने थापाले पार्टीले जिम्बेवारी दिएमा कुशलता पुर्बक संगठन हाँक्ने र पहिलो बिद्यार्थी संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभापति देउवा पक्षले थापालाई तदर्थ समिति अध्यक्ष बनाउने जिकिर गरेपनि अर्को पक्षले भने सभापतिले चाहे जस्तै नहुने दाबि गरेकाछन् ।



Milan Shrestha । ६ फाल्गुन २०७५, सोमबार १७:१३ बजे