सुर्खेतमा पेट्रोलको अभाव


received_1075066549255381

मिलन श्रेष्ठ
सुर्खेत २९,असोज । हिन्दुधर्मावलम्बीहरुको महान चाड बिजय दशीको अन्तिम दिन जिल्लामा पेट्रोलको अभाव भएको छ । जिल्लामा ६ वटा पेट्रोल पम्प भएता पनि बुलबुले स्थीत उमा पेट्रोल बाहेक अन्य ५ वटा पम्पहरुमा पेट्रोल सकिएको छ ।

उमा पेट्रोल पम्पका संचालक सन्दिप आचार्यका अनुशार दशै अघि आफ्नो पम्प बिग्रिएको हुँदा जिल्लामै पेट्रोलको अभाव हुँदा पनि यहां सहज भएको बताए । उनले आफु संग हाल ११ हजार ५ सय लिटर पेट्रोल रहेको र उक्त पेट्रोलले जती उपभोक्तालाई पुग्न सक्छ आफुले बितरण गर्न जानकारी दिए ।

आचार्यका अनुशार दशैका कारणले गर्दा पेट्रोलको अभाव भएको तर सोमबार सम्ममा सहज हुने भएको हुनाले उपभोक्तालाई चिन्ता नलिन समेत आग्रह गरे ।

received_1075066629255373