
२५ मंसिर । सुर्खेत । सुर्खेतबाट नेपालगंज तर्फ जाँदै गरेको जन्ती बोकेको ना. ३ ख ५८७० नम्बरको बस आज हर्रे नजिक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा १३ जना घाईते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक कार्यालयले जनाएको छ ।



Prawash Kumar Shakya । २५ मंसिर २०७४, सोमबार १०:३५ बजे