राष्ट्रपति कप रनिङ शिल्डको छनौट खेल आजवाट सुरु


मिलन श्रेष्ठ
चैत,२१ वावियाचौर ।
१० औ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता को छनौट खेल आज (बुधवार) देखि सुरु भएको छ । जगन्नाथ मा.बि.बिजौराको खेल मैदान मा प्रतियोगिता संचालन भएको छ । चौकुने गाउपालिका र पञ्चपुरी नगरपालिका का मा.बि. बिद्यालय हरु मध्येमा ९ ओटा बिद्यालय सहभागी भएका छन । सालकोट, बाबियाचौर, छाप्रे, तातापानि,बिद्यापुर, बिजौरा लगाएतका बिद्यालय का बिद्यार्थीहरु प्रतिस्पर्धामा रहेका छन ।
३ दिन सम्म संचालन हुने खेलहरुमा भलिबल, कबड्डी र एथलेटिक्स का खेलहरु रहेका छन । उद्घाटन कार्यक्रम मा बोल्दै सुर्खेत क्षेत्र नं २ ख का प्रदेश सभा सदस्य बिन्दमान बिष्टले खेलाडी राष्ट्रको गहना भएको ले खेलको बिकास मा सक्दो सहयोग गर्ने बताएका छन ।