जुम्लामा हाई अल्टच्युट म्याराथुन प्रतियोगिता हुने



हरिकृष्ण कुमाई
पौष ४ । जुम्लामा हाई अल्टच्युट म्याराथुन प्रतियोगिता माघ १ गते हुने भएको छ । प्रतियोगितामा राष्ट्रिय देखि अर्न्तराष्ट्रिय स्तरका खेलाडीहरुले प्रगियोगितामा भाग लिन पाउने भएका छन् ।
कर्णाली स्पोट्स क्लब जुम्लाले गरेको पत्रकारहरु संगको भेटघाट कार्यक्रमको आयोजना गरी जे आर कर्णाली बोडिङ्ग स्कुलको आर्थिक सहयोग र कणार्ली स्पोट्स क्लव जुम्लाकोे आयोजनामा माघ १ गते हुने प्रतियोगितामा १२ किलोमिटर हाई अल्टच्युट म्याराथुन प्रतियोगिता हुने  र प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई क्रमश ट्रफी, मेडल र नगद १०, ७ र ५ हजार नगद पुरस्कार रहेको कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोजकुमार शाहीले बताए ।
कार्यक्रममा  जे आर कर्णालीइ बोडिङ्ग स्कुलका प्रधानध्यापक जिवन गोरागाईले जुम्लाका खेलाडीलाई अगाडी बढाउन विभिन्न निकायबट सयोग गर्न आबश्यक रहेको बताउँदै उहाँले आफु जुनसुकै ठाउमा रहेपनि स्पोट्स क्लबलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।

त्यस्तै जे आर कर्णाली बोडिङ्ग स्कुल रहन्जेल सम्म कणार्ली स्पोट्स क्लवलाई प्रत्येक वर्ष सहयोग गर्न तयार रहेको र प्रत्येक वर्ष१० प्रतिशतले सहयोग वृद्धि गर्ने गोरागाइले बताए ।

प्रतियोगितामा सहभागि भएका प्रतियोगिलाई बास वस्नका लागि होमस्टेको व्यवस्था गरिने आयोजक बताएको छ ।
यस अघि २०७२ साल जुम्लामा रारा अल्ट्रा म्याराथुन सम्पन्न भएको थियो । जुम्ला बाट सुरु भएर नेपालकोे ठुलो ताल रारा ताल अन्तिम विन्दु सम्म ४२ किलोमिटर दुरी रहेको थियो । जुम्लाका खेलाडीहरुले खेल क्षेत्रको बिकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जीत हासिल गर्न सफल हुदै आएका छन, तर जुम्लामा खेलाडीहरुको क्षमता अभिवृद्धि हुने खालको तालिम सेन्टरको ब्यवस्था नभएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् ।

जुम्लाका एथलेटिक्स खेलाडीहरुले राष्ट्रिय देखि अन्तर राष्ट्रिय जगत सम्मका खेलहरुमा जीत हासिल गरेर जुम्ला जिल्लाको नाम चिनाउन पुगे पनि खेलाडीहरुलाई कुनै पनि निकायबाट सहयोग हुनसकेको खेलाडीहरुले गुनासो गरेका छन् ।