कालिकाेटमा म्यादी प्रहरी र प्रहरी बिच झडप ।


लोकजंग रोकाया

७ पौष । कालिकोट । कालिकोटमा म्यादी प्रहरी र प्रहरी विच झडप भएको छ । झडप हुनुकाे कारण म्यादी प्रहरीहरूले लगाएकाे ड्रेसकाे खर्च रकम सम्बन्धमा भएको बताइएको छ । म्यादी प्रहरीहरूलाई तलब, भत्ता बुझाउदा पोशाकको रकम काटेकाे सम्बन्ध भएको हो  ।

झडपमा प्रहरीले गोली चलाउँदा मेहेलमुडी कालिकोट घर भएका म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको हो । कालिकोट सदरमुकाम मान्म तनावग्रस्त भएकाले अबस्था समान्य नभएमा कर्फ्यू लाग्ने सम्भावना रहेको बताइएको छ ।