लगाम मा पहिलो पटक यात्रु बहाक बस पुग्यो


 सुर्खेत जिल्ला बाट करिब १ सय कि.मि. पश्चिमी क्षेत्रमा पर्ने लगाम गाविसमा पहिलो पटक सार्वजनिक यात्रु बहाक बस पुगेको छ । बस पुग्दा लगाम र बेतान गाविसका नागरिकले भव्य स्वागत गरेका छन् ।
लगाममा पुगेकाे बस काक्रेविहार यातायात व्यवसायी समितिको ना ६ ख ९१० नम्बरको बस पहिलो पटक लगाम बजार पुगेको स्थानीयबासी लालबहादुर थापा र अर्जुन जनालाले जानकारी दिएका छन् ।

बस लगाम पुगेपछि स्थानीयबासीले बस चालक पूर्ण खत्रीलाइ अविर र माला लगाएका थिए । विजौराबाट पैदल यात्रा गर्न बाँध्य लगाम र बेतानबासीलाई बसपुग्दा राहत पुगेको खत्रीको भनाई छ ।
बस चालकलाइ फुलमालाले स्वागत गर्दै स्थानीयबासीले भने
यो भन्दा अगाडी दैनिक एक जिप लगान जाने गरेको थियो । तर यस क्षेत्रका नागरिकले भने सानो जिपमा सवै यात्रु नअट्दा विजौरासम्म पैदल हिड्नु पर्ने बाँध्यता थियो ।

काम विशेषले सदरमुकाम वीरेन्द्रनगर आउन दुई दिन लाग्ने यहाँका बासिन्दालाई बस पुगेपछि सहज हुने बताएको छन् ।
लगामका लागि दैनिक विहान ७ बजे वीरेन्द्रनगर बाट र  लगामबाट बिहान ८ बजे बस छुट्ने काक्रेबिहार यातायात समितिले जनायको छ ।
साभारः विर्ख बडुवाल फेसबुक