हरि कृष्ण कुमाई
पुस १२, जुम्ला,
गाउँपालिका स्तरिय पार्श्वचित्र निर्माणकालागि तिला गाउँपालिकाका ९ वटा वडामा गणक खटाइएको छ । पारिवारीक सर्वेक्षण गर्नकोलाथि गणकहरु गाउँमा खटिएका हुन् । गणकहरुले एक संगोल परिवारको आर्थिक, सामाजिक, साँस्कृतिक र पारिवारीक अवस्था संकलन गर्ने बताइएको छ ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले नमुना गाउँपालिका वनाउने जिम्मा अब सम्पूर्ण गाउँबासीको काधमा आएको बताउँदै गाउँपालिकालाई नमुना बनाउने जिम्मेवारीका साथ गाउँ जान लागेका गणकहरुलाई तोकिएको समयमा गाउँबासीको घरघरमा पुगी सत्यतथ्य विवरण कार्य संकलन गर्न आग्रह गर्दै कार्य सफलताको शुभकामना दिए ।
१ हप्ता भित्र काम सक्ने गरि गैरसरकारी संस्थाका सामाजिक परिचालक र वडाका सामाजिक परिचालक सवैलाई गणकका रुपमा खटाइएको छ । गणकहरुले सफ्टवयरको माध्यम बाट काम गर्ने भएकोले समयमा नै गाउँपालिकाको पार्श्वचित्र बनी सवैलाई सहज हुने गाउँपालिका उपाध्यक्ष विष्णु वुढाले वताईन ।



Prawash Kumar Shakya । १२ पुष २०७४, बुधबार १४:०५ बजे