परोपकारको ७७औं स्थापना दिवस मनाइयो


१० असोज, काठमाडौं । “दिन,दु:खी असहाय बिरामीहरूकाे नि:स्वार्थ सेवा गराैं” मूलमन्त्र बाेकेकाे
नेपालकाे जेठाे सामाजिक संस्था “पराेपकार संस्था” काे आज ७७ औं स्थापना दिवस एक समारोह सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट” र “राष्ट्रिय रक्तनायक”स्वयंसेवी सतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि कर्माचार्यले पानसमा दीप प्रज्वलन गरि शुभारम्भ गर्दै परोपकार संस्थाले पनि मानवीय जीवनको उत्तम कार्य रक्तदानको क्षेत्रमा पनि कदम अगाडी बढाउन आग्रह गर्नुभयो ।

संंस्था महासचिव डा.डम्बरबहादुर नेपाली बार्षिक प्रतिवेदन तथा काेषाध्यक्ष उत्तमलाल जाेशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एस.ई.ई. परिक्षामा उत्कृष्ट ग्रेड ल्याउने छात्रा र छात्र द्वय:लाई पुरस्कार र पदक वितरण गरिएको थियोे ।

संस्थाका द्वितीय उपाध्यक्ष गणेशप्रसाद वस्यालले स्वागत गर्नुभएको कार्यक्रममा गाेरखापत्र संस्थाका पूर्व प्रधान सम्पादक पुष्कर माथेमा, दाता श्रीमती बीणा वैद्य र कामनपा वडा नं.२०का अध्यक्ष राजेन्द्र मानन्धरको उपस्थिति रहेको थियो ।