हरि कृष्ण कुमाई, जुम्ला
पुस १४, कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अर्न्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीबासीले आक्रोश पोखेका छन । जुनसुकै दललाई अफ्ठयारो परेको वेला कर्णाली साहरा वन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट ब्यहोर्नु परेको गुनासो कर्णालीबासीले गरेका छन् । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीबासी आक्रोसित बनेका हुन ।
पूर्व सांसद तथा जुम्लावाट समानुपातिक उम्मेदवार गोमा कुवँरले संकटकालमा कर्णाली माओवादीको आधार क्षेत्र भएपनि शान्ति प्रक्रिया संगै अपहेलित बन्दै गएको वताईन । केन्द्रमा कर्णालीको पहुँच अभाव हुनुका साथै सुनयोजित रुपमा कर्णालीलाई पछि पारेको हुन सक्ने बताईन । मुख्यमन्त्री र ६ नम्वर प्रदेशको राजधानीका विषयमा चर्को वहस भईरहेको वेला माथिल्लो तहका नेताले आफ्नो अनुकुलतामा प्रतिनिधी छनौट गरेको आरोप उनको छ ।
नेकपा एमालेले पनि कर्णालीलाई समानुपातिकमा सम्मानजनक स्थान दिन सकेको छैन । एमालेले कर्णालीबाट डोल्पाकी वदमक्वारी बोहोरा मात्रै समानुपातिक सुचिमा परेकी हुन ।
चन्दननाथ नगरपालिका जुम्लाकी मेयर काँग्रेस नेता कान्तिका सेजुवाल कर्णालीलाई काग्रेसले पनि सम्मान गर्न नसकेको बताउँछिन । केन्द्र संग सिधै पहुँच भएका नेताले आफनो आसपासको जिल्लालाई नजिक बनाएर बन्दसुची पेश गरेको र टाढाकोले अवसर पाउन नसकेको उनको भनाई छ ।



Prawash Kumar Shakya । १४ पुष २०७४, शुक्रबार ११:४८ बजे