पाँच महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध, सेवाग्राही सेवाबाट बञ्चित


चैत ५, कालिकोट ।

जिल्ला अस्पताल कालीकोटमा ५ महिनादेखि अप्रेसन सेवा बन्द रहेको छ । सेवा अवरुद्ध हुँदा विरामीहरु सेवा बाट बञ्चित भएका छन् ।

चिकित्सकको अभावका कारण सेवा प्रभाबित भएको बताइएको छ । अस्पतालमा शल्यक्रियका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभाव भएका कारण सेवा प्रभावित भएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । अप्रेशन सेवा अबरुद्ध भएदेखि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटीस, हर्निया, हाइड्रोसिल लगायतका बिरामीलाई शल्यक्रियाका लागि रिफर गर्नुको बिकल्प छैन, निमित्त प्रमूख मो. ओजैर आलमको भनाइछ ।

अप्रेसन सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक मंसिरमा सरुवा भएपछि अप्रेसन सेवा ठप्प भएको हो । ३ नगरपालिका र ६ गाउँपालिकाका बासीन्दाले सेवा लिने अस्पतालमा सेवा नहुदा स्थानिय मर्कामा परेकाछन् ।